पाकिस्तानी प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिलाई भेट्दै

रेडियो कान्तिपुर संवाददाता

श्रावण ६, २०७६ | काठमाडौं

- अमेरिकाको भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आज राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेटवार्ता गर्दै हुनुहुन्छ । दुई राष्ट्र प्रमुखबीच हुने भेटवार्तामा द्विपक्षीय सम्बन्ध सुधारका बिषयमा छलफल हुने बीबीसीले उल्लेख गरेको छ ।

पाकिस्तानको आम निर्वाचनमा जित हात पारेपछि पहिलोपटक हुन लागेको भेटवार्ता आपसी हितका बिषयमा केन्द्रित हुने प्रधानमन्त्री खानले बताउनुभएको छ । अफ्गानिस्तानमा जारी गृहयुद्धका कारण पाकिस्तान र अमेरिकाबीचको सम्बन्धमा केही तिक्तता आएको छ ।

अफ्गानिस्तानको बिद्रोही समुह तालेवानलाई पाकिस्तानले सहयोग गर्ने गरेको आरोप अमेरिकाले लगाउदै आएको छ । पाकिस्तानले भने सो आरोपको खण्डन गर्दै आएको छ । पाकिस्तानले छल र धोका गरेको भन्दै अमेरिकाले इस्लामावादको सुरक्षा फौजका लागि प्रदान गर्दै आएको सहयोगमा गत बर्षदेखि कटौती गरेको छ ।

अमेरिकाले पाकिस्तानमा रहदै आएको आफ्ना सम्पूर्ण सुरक्षा फौजलाई फिर्ता लग्ने तयारी समेत गरिरहेको छ । यस्तो अवस्थामा दुई मुलुकका कार्यकारी प्रमुखबीच हुन लागेको भेटवार्तालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । 

 


प्रतिक्रिया