नेपाल जोर्डनसंग फराकिलो अन्तरले पराजित 

रेडियो कान्तिपुर संवाददाता

भाद्र २९, २०७६ | काठमाडौं

- एएफसी अण्डर १६ छनोट फुटबलको पहिलो खेलमा नेपाल, आयोजक जोर्डनसंग ७–० को फराकिलो अन्तरले पराजित भएको छ ।

गएराती भएको खेलमा बलियो टोली जोर्डनले नेपालविरुद्ध शानदार जित निकाल्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको हो । नेपालबिरुद्ध पहिलो हाफमा ५ गोल गरेको जोर्डनले दोस्रो हाफमा २ गोल थपेको थियो । 

उसको जितमा अब्देल कादिरले ह्याट्रिक गरे । २० औँ मिनेटमा पहिलो गोल गरेका उनले ४४ र ५१ औँ मिनेटमो गोल गर्दै ह्याट्रिक पुरा गरे । अहमद हेमान, अली अहमद, महम्मद खालिद र साराज मुनिरले एक एक गोल गरे ।

सुरुवात देखी नै जोर्डनको दवाव खेपेको नेपालले १६ मिनेटमै पहिलो गोल खाएको थियो । त्यसपछि नियमित रुपमा जोर्डनले नेपालको पोष्टमा गोल गर्दै फराकिलो जित हात पार्यो । नेपालले दोस्रो खेलमा भोली कुवेतसंग प्रतिस्पर्धा गर्नेछ ।  

 


प्रतिक्रिया