लेबनानमा मानवीय संकट निम्तनसक्ने

श्रावण २४, २०७७ | काठमाडौं
संयुक्त राष्ट्रसंघको एजेन्सीहरुले लेबनानमा मानवीय संकट आइपर्ने चेतावनी दिएका छन् । विष्फोटका कारण आर्थिक संकटको सामना गरिरहेको लेबनानले खाद्यान्नको अभाव, स्वास्थ्य सेवामा समस्या हुने राष्ट्रसंघीय एजेन्सीहरुले बताएका हुन् ।
विश्व खाद्य कार्यक्रमका अनुसार बन्दरगाहमा भएको विष्फोटले खाद्यान्न आयातमा समस्या हुनेछ । विश्व स्वास्थ्य संगठनका अनुसार तिन वटा अस्पतालको भवनमा क्षति हुँदा स्वास्थ्य सेवा प्रणाली कमजोर बनेको छ । लेबनानका राष्ट्रपति मिसेल अनले विष्फोटको अन्तर्राष्ट्रिय अनुसन्धानका प्रस्ताव अस्वीकार गर्नुभएको छ ।
विद्रोही संगठन हेजबुल्लाहले विष्फोटक पदार्थ भण्डारणको आरोप खण्डन गरेको छ । विष्फोट अघि नै लेबनानमा ७७ प्रतिशत जनता सहयोगको अवश्यकतामा थिए । भने ३३ प्रतिशतले रोजगारी गुमाएका थिए । १० लाख जनसंख्या गरिबिको रेखामुनी बाँची रहेको तथ्यांक छ । लेबनानको कुल ६८ लाख जनसंख्या छ ।