ब्रजिलबाट हुने आयातमा ५० प्रतिशत कर लगाउने अमेरिकाको घोषणा

असार २६, २०८२ | काठमाडौं
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ब्रजिलबाट वस्तु आयात गर्दा लाग्ने कर १० प्रतिशतबाट बढाएर ५० प्रतिशत पु¥याउनुभएको छ ।
ब्रजिलले अमेरिकाको स्वतन्त्र निर्वाचनको आलोचना गरेको तथा अमेरिकी सामाजिक सञ्जालमा सेन्सर गरेको विरोध गर्दै राष्ट्रपति ट्रम्पले करवृद्धि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
तामा, मेडिकल सामग्री लगायत वस्तुमा कर वृद्धि गरिएको हो । यस्तै, ब्रजिलले अमेरिकासँगको व्यापार नीति असन्तुलन गर्दै आएकाले समेत सो निर्णय लिइएको ट्रम्पको भनाइ छ । वृद्धि गरिएको कर आगामी अगस्टदेखि लागू हुनेछ । ब्रजिल अमेरिकाको १५ औं ठूलो व्यापारिक साझेदार हो । सन् २०२४ मा मात्र दुई मुलुकबीच ९२ अर्ब डलर बराबरको व्यापारिक कारोबार भएको थियो ।