गाजा क्षेत्रको राहात वितरण केन्द्रमा ८ सय प्यालेस्टीनीको मृत्यु

असार २७, २०८२ | काठमाडौं

गजा क्षेत्रमा राहात वितरण केन्द्रमा ६ हप्तामा मात्र कम्तीमा ७ सय ९८ प्यालेस्टीनीले ज्यान गुमाएको संयुक्त राष्ट्रसंघको मानवअधिकारको उच्च आयोग कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता रभिना सम्दसानीले अमेरिका र इजरायल समर्थित गाजा मानवीयता फाउन्डेसन (जीएचएफ)ले राहत सञ्चालन गरेको क्षेत्रभित्र मात्र राहात लिन आएका ६ सय १५ नागरिक मारिएको उल्लेख गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

थप १सय ८३ नागरिक राहत केन्द्र जाने मार्गमा माएिको हुन सक्ने उहाँको भनाइ छ । कार्यालयले सो तथ्यांक अस्पताल, चिहानगृह तथा गाजा पट्टीमा रहेका परिवार र गैरसरकारी संस्था लगायतबाट संकलन गरिएको जनाएको छ । यद्यपी जीएचएफले भने सो तथ्यांक झुटो र भ्रामक भएको बताउँदै राहत क्षेत्र नजिक कुनै हिंसा नभएको दाबी गरेको छ । सो संस्थाले ११ हप्ता लामो नाकाबन्दीपछि मेको अन्त्यबाट गाजामा खाद्यान्न सहायता वितरण गर्न थालेको हो ।      


प्रतिक्रिया