चिनियाँ सेनाले आफ्ना ५ नागरिकको अपहरण गरेको भारतको आरोप

भाद्र २२, २०७७

 चिनियाँ सेनाले आफ्ना ५ जना नागरिकको अपहरण गरेको भारतले आरोप लगाएको छ । अरुणाञ्चल प्रदेशका सांसद तपिर गावले ५ जना भारतीयलाई चिनियाँ सेनाले अपहरण गरेको ट्वीट गर्नु भएको बीबीसीले उल्लेख गरेको छ । 

चीनले ५ जना भारतीय नागरिकको अपहरण गरेको भन्दै पछिल्लो समय दिल्ली र बेइजिङबीच फेरि तनाव चुलिएको छ । आफ्ना नागरिक अपहरण गरेको विषयमा भारतीय पक्षले चीनलाई जानकारी गराईसकेको छ । चीनको विदेश मन्त्रालयले भने घटनाका बारेमा कुनै जानकारी नरहेको प्रतिक्रिया दिएको छ । 

दुबै मूलुकबीच जारी सीमा विवादले उचाई लिइरहेका बेला भारतले यस्तो आरोप लगाएको हो । सीमा विवादका बारेमा छलफल गर्न भारतीय रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ समकक्षी वाङ यी बीच मस्कोमा सेप्टेम्बर ५ मै भेटवार्ता भएपनि दुबै मूलुकबीचको दोषारोपण भने साम्य हुन सकेको छैन ।  


प्रतिक्रिया