कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख पुग्यो

आश्विन १३, २०७७ | काठमाडौं

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म १० लाख ५ सय ५५ जनाको मृत्यु भईसकेको छ । 

संक्रमितको संख्या विश्वभर ३ करोड ३२ लाख ७३ हजार ७ सय २० पुगेको छ । २ करोड ३० लाख ५६ हजार ४ सय ८० जना संक्रमणमुक्त भईसकेको विश्वविद्यालयले जनाएको छ । हाल सक्रिय संक्रमित ९२ लाख २८ हजार ३ सय ३१ जना छन् । 

विश्वभर अझैपनि ६५ हजार बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको जनाइएको छ । भाइरस संक्रमणका कारण अमेरिका सबैभन्दा धेरै प्रभावित छ । त्यहाँ ७१ लाख ४७ हजार २ सय ४१ जना संक्रमित हुँदा २ लाख ५ हजार ३१ जनाले ज्यान गुमाएका छन् । 

भारतमा हालसम्म ६० लाख ७४ हजार ७ सय जनामा कोरोना संक्रमण पुष्टि हुँदा ९५ हजार ५ सय ४२ जनाले ज्यान गुमाएका छन् । ब्रजिलमा कोरोना संक्रमितको संख्या ४७ लाख ४५ हजार ४ सय ६४ पुगेको छ भने १ ाख ४२ हजार ५८ जनाको मृत्यु भइसकेको छ । 


प्रतिक्रिया