गाजा युद्व अन्त्य गर्ने हमासको माग स्वीकार नगर्ने इजरायली प्रधानमन्त्री नेतन्याहुको भनाई

वैशाख २३, २०८१ | काठमाडौं

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा युद्व अन्त्य गर्न हमासको मागलाई इजरायलले स्वीकार नगर्ने बताउनु भएको छ ।

इजिप्टमा भएको वार्तामा हमासले बन्धक बनाएकाहरूलाई रिहाइको बदलामा इजरायलको गाजा आक्रमणमा विराम दिन हमासले माग गरेपछि प्रधानमन्त्री नेतान्याहुको भनाई सार्वजनिक भएको हो ।

नेतान्याहुले प्रस्तावित सम्झौताले हमासलाई गाजाको नियन्त्रणमा राख्ने र इजरायलका लागि खतरा हुने उल्लेख गर्नु भएको छ ।

कायरो वार्तामा बन्धकहरूलाई रिहा गदा ४० दिनका लागि युद्वविराम र इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको रिहाइ समावेश रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गाजाबाट इजरायली फिर्ता हुने र युद्धको पूर्ण अन्त्य समावेश गर्नुपर्ने इजरायल पक्षको माग छ ।

पछिल्लो समय टर्कीले गाजा आक्रमणको विषयलाई लिएर इजरायलसंगको व्यापारमा रोक लगाएको छ ।  


प्रतिक्रिया