‘लिभरपुललाई उपाधि दिए हुन्छ’ :गुन्डोगान

चैत्र १७, २०७६

कोरोना भाइरसका कारण यही अवस्थामा प्रेमियर लिग फुटबल सुचारु नभए सिजनको टाइटल लिडर लिभपुललाई दिनु न्योचित हुने म्यानचेष्टर सिटीका मिडफिल्डर एल्काइ गुन्डोगानले बताएका छन् ।

 आगामी अप्रिल ३० सम्मका लागि लिग फुटबल स्थगित हुँदा लिग लिडर लिभरपुलले दोस्रो स्थानको सिटीभन्दा २५ अंकको अग्रता बनाएको थियो । ३० वर्षमा टाइटल जित्न लागेको लिभरपुल त्यसबाट मात्र २ जित टाढा थियो ।

जर्मनीका मिडफिल्डर गुन्डोगानले निश्पक्ष भएर निर्णय लिने भए लिभरपुललाई उपाधि दिनुको बिकल्प नभएको बताए । प्रेमियर लिगका क्लवहरुको बैठक आगामी अप्रिल ३ मा बस्दैछ । सोही बैठकबाट लिग विजेताको टुङ्गो लाग्ने बीबीसीले जनाएको छ ।   


प्रतिक्रिया