फ्रान्स : अन्धाधुन्ध चक्कु प्रहार गर्दा दुई जनाको मृत्यु

चैत्र २३, २०७६ | काठमाडौं

फ्रान्सको दक्षिण–पूर्वी क्षेत्रस्थित रोमास–सुर–इसेर बजारमा एक संदिग्धले अन्धाधुन्ध चक्कु प्रहार गर्दा दुई जनाको मृत्यु भएको छ । राष्ट्रपति इमानुयल म्याक्रोले घृणित गतिविधी भएको भन्दै घटनाको निन्दा गर्नुभएको छ । आन्तरिक मामिला मन्त्री क्रिस्टोफ कास्टनेरले कोरोना भाइरसको संक्रमण र त्रासमा रहेको बेला भएको यस घटनालाई आतंकवादी हमलाको संज्ञा दिएको बीबीसीले जनाएको छ ।

 बजारमा रहेको एउटा सूर्ती पसलमा छिरेर आक्रमणकारीले पसलका मालिक र एक ग्राहकलाई आक्रमण गरेको थियो । क्रमश: उसले आसपासका अन्य पसलमा पसेर त्यहाँ रहेका अन्य मानिसहरुलाई पनि चक्कु प्रहार गरेको बीबीसीले जनाएको छ । घटना लगत्तै सुडानबाट आएका ३३ वर्षीय एक व्यक्तिलाई आक्रमणमा संलग्न भएको अभियोगमा पक्राउ गरिएको जनाइएको छ । 


प्रतिक्रिया