लियोन र म्यान सिटी च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा

श्रावण २४, २०७७

लियोन र म्यानचेष्टर सिटी च्याम्पियन्स लिग फुटवलको क्वार्टरफाईनलमा प्रबेश गरेको छ । दोस्रो लेगमा २–१ को जित निकालेपनि युभेन्टसलाई अघिल्लो चरण प्रबेशका लागि त्यो पर्याप्त भएन । 

समग्रमा २–२ को नतिजा निस्किएपनि अवे गोलका आधारमा लियोन विजयी बनेको हो । युभेन्टसको मैदानमा खेलको १२ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई मेम्फिस डिपेले गोल गर्दै लियोनलाई अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा पेनाल्टीमार्फत नै क्रिष्टियानो रोनाल्डोले युभेन्टसलाई बराबरीमा पुर्याएका थिए ।

६० औं मिनेटमा उनैले पेनाल्टीमार्फत नै दोस्रो गोल गर्दै टोलीको जित निश्चित गरे । यद्यपी अवे गोलमा लियोन अघि रहदै क्वार्टरफाईनलमा प्रबेश गर्यो ।

गएराती नै रियल मड्रिडलाई २–१ ले हराएको म्यानचेष्टर सिटी समग्रमा ४–२ ले विजयी बन्दै अन्तिम आठमा प्रबेश गर्यो । घरेलु मैदानमा सिटीलाई जिताउन रहिम स्टर्लिङ र ग्राबियल जिससले गोल गरे । रियलका करिम बेन्जीमाले गोल फर्काए ।

क्वार्टरफाईनलमा सिटी र लियोन प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियन्स लिगमा क्वार्टरफाईनल चरणका खेलबाट नकआउट स्पर्धा सुरु हुनेछ ।

अन्तिम १६ को दोस्रो लेगमा आज बार्सिलोना र नापोली तथा बार्यन म्युनिख र चेल्सी आमने सामने हुनेछन् । 


प्रतिक्रिया