राष्ट्रिय फुटबल खेलाडीको कोरोना परीक्षण भोलिबाट

श्रावण २५, २०७७ | काठमाडौं

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको तयारीका लागि प्रशिक्षण थाल्नुअघि राष्ट्रिय फुटबल टिमका खेलाडीको कोरोना परीक्षण हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार भोलिबाट परीक्षण शुरु हुनेछ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलाडी, अफिसियल र होस्टलका स्टाफहरुको परीक्षण गर्नुपर्ने भएकाले तीन दिन उनीहरु सेल्फ आइसोलेसनमा रहने बताए । त्यसपछि उनीहरुले एन्फाको होस्टलमा बसेर क्वारेन्टिन प्रशिक्षण थाल्ने छन् ।

आगामी भदौ १ गतेबाट राष्ट्रिय टोलीको प्रशिक्षण शुरु गर्ने तयारी भएकाले कोरोना परीक्षण गर्न लागिएको शेर्पाले बताए । विश्वकप छनोटको दोस्रो चरणको तयारीका लागि एन्फाले खेलाडीलाई राष्ट्रिय टिमको तयारीका लागि बोलाइसकेको छ । नेपालले घरेलु मैदानमा अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसंग खेल्दैछ ।

सरकारले समेत अन्तराष्ट्रिय प्रतियोगिताको तयारी गर्न अनुमती प्रदान गरेको छ । सोही अनुसार एन्फाले खेलाडीको प्रशिक्षण कार्यक्रमलाई अघि बढाएको हो । प्रशिक्षणलाई ध्यानमा रखेर एन्फाले अभ्यासमा खेलाडीले पालना गर्नुपर्ने १७ बुँदे ‘स्वास्थ्य सम्बन्धी प्रोट्रोकल’ समेत बनाइसकेको छ ।  


प्रतिक्रिया