वेन स्टोक्सले पाकिस्तानसँगको बाँकी २ टेष्ट गुमाउने

श्रावण २६, २०७७ | काठमाडौं

ईङल्याण्ड क्रिकेट टोलीका अलराउण्डलर वेन स्टोक्सले टोलीबाट नाम फिर्ता लिएका छन् । पाकिस्तानसँगको टेष्ट सिरिज जारी रहेका बेला उनले टोलीबाट नाम फिर्ता लिएका हुन् । 

पारिवारिक कारणले न्युजिल्याण्ड जानुपर्ने भएकाले उनले नाम फिर्ता लिएका हुन् । जसलाई ईङल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड ईसीबिले स्विकृती दिएको छ । योसँगै उनले पाकिस्तनसँगको दोस्रो र तेस्रो टेष्ट गुमाउने भएका छन् । उनको स्थानमा युवा अलराउण्डर साम कुरानलाई ल्याउने तयारी गरिएको छ । 

टेष्ट टोलीमा उपकप्तानको भुमिकामा रहेका स्टोक्स केही साताका लागि जन्मस्थल न्युजिल्याण्ड जान लागेका हुन् । उनका बुवा बिरामी भई अस्पाताल भर्ना भएकाले स्टोक्स सिरिज छाडी न्युजिल्याण्ड जान लागेका हुन् ।

पाकिस्तानबिरुद्धको तीन टेष्टको सिरिजमा घरेलु टोली ईङल्याण्ड १–० ले अघि छ । यी दुई राष्ट्रबीचको दोस्रो टेष्ट क्रिकेट बिहिबार साउथहेम्प्टनमा हुनेछ ।    


प्रतिक्रिया