एट्लेटिको मड्रिडका २ खेलाडीमा कोरोना संक्रमण

श्रावण २६, २०७७ | काठमाडौं

स्पेनिस क्लब एट्लेटिको मड्रिडका २ खेलाडीमा कोरोना संक्रमण देखिएको छ । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनल खेल्ने तयारीमा रहेको एट्लेटिको मड्रिडले लिस्बन जाने टोलीका २ सदस्यमा संक्रमण भएको जनाएको हो ।

यद्यपी उसले खेलाडीको नाम भने सार्वजनिक गरेको छैन । उनीहरुलाई आईसोलेशनमा राखिएको क्लबले जनाएको छ । पोर्चुगल उड्नुअघि गरिएको परीक्षणका क्रममा ती खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको मड्रिडले जनाएको छ ।

च्याम्पियन्स लिग अन्र्तगत क्वार्टरफाईनल चरणका खेलहरु आगामी बिहीबारबाट सुरु हुँदैछन् । एट्लेटिको मड्रिडले शुक्रबार आरबी लिप्जिङसंग प्रतिस्पर्धा गर्नेछ । 


प्रतिक्रिया