फुटबल टोलीका सदस्यको कोरोना परीक्षण आज

श्रावण २६, २०७७ | काठमाडौं

राष्ट्रिय फुटबल टोलीका खेलाडी, अफिसियल तथा स्टाफको कोरोना परीक्षण आजबाट सुरु हुने भएको छ । एन्फाले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको तयारीका लागि प्रशिक्षण थाल्नुअघि खेलाडी तथा स्टाफको कोरोना परिक्षण गर्न लागेको हो । 

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाका अनुसार आज र भोली २ दिनमा सबै खेलाडी, अफिसियल र स्टाफको कोरोना परीक्षण हुनेछ । परीक्षणका लागि एन्फाले केहि दिनअघिबाटै सबै खेलाडी तथा कर्मचारीलाई आईसोलनेशमा राखिएको छ । 

कोरोना परीक्षणपछि उनीहरुले एन्फाको होस्टलमा बसेर क्वारेन्टिन प्रशिक्षण सुरु गर्नेछन् । घरेलु मैदानमा हुने विश्वकप छनोटको तीन खेलका लागि एन्फाले भदौ १ गतेबाट प्रशिक्षण थाल्ने जनाएको छ । नेपालले घरेलु मैदानमा अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्दैछ ।

सरकारले समेत अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गर्न अनुमति प्रदान गरेको छ । सोही अनुसार एन्फाले खेलाडीको प्रशिक्षण कार्यक्रमलाई अघि बढाएको हो । प्रशिक्षणलाई ध्यानमा रखेर एन्फाले अभ्यासमा खेलाडीले पालना गर्नुपर्ने १७ बुँदे ‘स्वास्थ्य सम्बन्धी प्रोटोकल’ समेत बनाइसकेको छ ।  


प्रतिक्रिया