टटनह्याम काराबागो कप फुटबलको क्वार्टरफाईनलमा

आश्विन १४, २०७७ | काठमाडौं

टटनह्याम काराबाओ कप फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा गएराती चेल्सीलाई टाईब्रेकरमा ५–४ ले हराउँदै टटनह्याम प्रतियोगीताको अन्तिम आठमा प्रवेश गरेको हो ।

निर्धारित समयको खेल एक एकको बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको हो । नियमित समयको खेलमा भने टिमो वेर्नरको गोलमा १९ औं मिनेटमा चेल्सीले अग्रता बनाएको थियो । ८३ औं मिनेटमा ईरिक लामेलाले टटनह्यामलाई बराबरीमा ल्याएका थिए । 

चेल्सीका मासन माउन्ट टाईब्रेकरमा चुक्दा टटनह्याम विजयी बनेको हो । नियमित समयको खेलमा अधिकांश समय चेल्सीले घरेलु टोलीलाई दबावमा राखेको थियो । यद्यपी पाएका अवसर गुमाउदा चेल्सी चौथो चरणबाटै बाहिरिएको हो ।

काराबाओ कप फुटबलमा आज चौथो चरणका बिभिन्न ४ खेल हुँदैछ । आज न्युपोर्ट काउन्टी र न्यु क्यासल युनाईटेड,म्यानचेष्टर सिटी र बर्नली, म्यानचेष्टर युनाईटेड र ब्राईटन एण्ड होभ एल्बियन तथा एभर्टन र वेष्टह्याम युनाईटेड प्रतिस्पर्धा गर्नेछन् ।  


प्रतिक्रिया