केशवराज न्यौपानेको 'चाडबाड आउँदा' सार्वजनिक

भाद्र २७, २०७७ | काठमाडौं

दशैं–तिहार नजिकिँदै गर्दा केशवराज न्यौपानेको शब्द संगीत रहेको 'चाडबाड आउँदा' बोलको लोक भाका सार्वजनिक भएको छ । रामचन्द्र चन्द र कमला पोखरेलद्वारा स्वरबद्ध लोक भाका यूट्युबमार्फत शनिबार सार्वजनिक भएको हो ।

 हुम गैरेको निर्देशन एवं सम्पादन तथा बसन्त महर्जनको छायाङ्कन रहेको गीतको भिडियोमा अर्जुन बिक र रुबिना अधिकारीको जीवन्त अभिनय देख्न सकिन्छ । समाजमा व्याप्त गरिबी र त्यसबाट सिर्जित समस्यालाई न्यौपानेले मर्मस्पर्षी शब्दमार्फत उजागर गरेका छन् । 

समाज जतिसुकै परिष्कृत भएपनि आजका दिनसम्म आइपुग्दा समेत यहाँ 'हुँदा खाने र हुने खाने' बीचको खाडल झनै गहिरिँदै गएको भन्दै त्यस्ता वर्गको पीडा टिपेर शब्दमार्फत व्यक्त गर्ने प्रयास गरेको न्यौपाने बताउँछन् ।

मेरो आँसु झर्दा– झर्दै, जुनी–जुनी रोजी रहने, सम्झिदा मन रुन्छ जस्ता दर्जनौँ गीतका स्रष्टा न्यौपाने झण्डै एक दशकयता सांगितिक क्षेत्रमा क्रियाशिल छन् । 


प्रतिक्रिया