एक्सट्रीम इनर्जी रेडियो अन ह्वील्स सम्पन्न
माघ ८, २०८२ | ललितपुर
एक्सट्रीम इनर्जी ड्रींक्सले प्रायोजन गरेको रेडियो कान्तिपुरको रोड शो रेडियो अन ह्वील्स सम्पन्न भएको छ । ललितपुरको मंगलबजारमा आज रोड शो को १५ औं कार्यक्रम सकिएसँगै सातौं सिजनक रेडियो अन ह्वील्स समाप्त भएको हो । गत पुस १९ गते बाँकेको नेपालगन्जबाट शुरु भएको रोड शो धनगढी, सुर्खेत, बुटवल, पोखरा, चितवन, मकवानपुर, बर्दिबास, गाइघाट, बिर्तामोड, इटहरी, धरान, विराटनगर, लहान हुँदै ललितपुरमा पुगेर समापन भएको हो ।
मंगलबजारमा आयोजित कार्यक्रममा असिम डी।सीले विश्वकपको टिकटसहित मुम्बइको ४ रात र ५ दिनको आकर्षक प्याकेज जिते । रेडियो अन ह्वील्समा सहभागीहरूले यसपटक आगामी फेब्रुअरी–मार्चमा आयोजना हुने टी–२० विश्वकपको टिकटसहित ४ रात ५ दिनको विशेष प्याकेज र दुईतर्फी यातायात सुविधा जित्ने अवसर पाएका थिए । कार्यक्रम आयोजना भएका १५ वटै स्थानमा एक्सट्रीम वा म्याक्स टाइगर इनर्जी ड्रिङ्क्स खरिद गर्ने सहभागीको नाम र नम्बर लक्की ड्रमा समावेश गरिएको र त्यसमध्येबाट प्रत्येक स्थानबाट एक–एक जना भाग्यशाली विजेताले विश्वकप प्याकेज प्राप्त गरेको आयोजकले जनाएको छ ।
कार्यक्रममा गायक विश्व नेपाली, हास्य कलाकार राजा राजेन्द्र पोखरेल, डान्स च्याम्पियन नेपालकी विजेता वर्षा फुयाँल तथा सिजन–१ की विजेता रोसिका राउतले गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए । गायक शिव परियारले चितवन र पोखराको कार्यक्रममा साथ दिए। यसपटक ३ वटा नयाँ स्थानमा कार्यक्रम आयोजना गरिएको र ती सबै स्थानमा श्रोता र दर्शकको साथ उल्लेखनीय रहेको रेडियोका स्टेशन म्यानेजर पवन आचार्यले जानकारी दिए । उनले भने, यसपटक हामीले लहान, बर्दिबास र उदयपुरमा कार्यक्रम गरेका थियौं । ती सबै ठाउँमा हामीले दर्शकको साथ र माया पायौं । आगामी दिनमा पनि ती स्थानलाई निरन्तरता दिंदै नयाँ स्थानमा पनि रोड शो लगिने छ ।

कार्यक्रमलाई रेडियोका चर्चित कार्यक्रम प्रस्तोताहरु स्मिता राणा, महेश लिम्बु, महिमा भट्टराई र प्रजवल खड्काले सञ्चालन गरेका थिए । रोड शो मा तेस्रोपटक सहभागी भएका गायक विश्व नेपालीले अन्य कार्यक्रमभन्दा रेडियो कान्तिपुरको रोड शो विशेष रहने गरेको र दर्शकसँग सडकमै प्रत्यक्ष साक्षात्कार गर्न पाइएकोमा खुसी व्यक्त गरे । अर्का हाँस्य कलाकार राजा राजेनद्र पोखरेलले रोड शो को आफ्नै मजा हुने र दर्शकको विविधताले पनि कार्यक्रमलाई रोमाञ्चक तुल्याउने बताए ।
कार्यक्रमको टाइटल स्पोन्सर एक्सट्रीम इनर्जी ड्रिङ्क्स रहेको छ भने पावर्ड बाइ मा नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक र टिभीएस रेडर रहेका छन्। इन्टरनेट पार्टनरमा वाइफाइ नेपाल, स्न्याक्स पार्टनरमा रिजाल्स नमकिन, लुब्रिकेन्ट पार्टनरमा सर्वो, फर्निचर पार्टनरमा सोफा हब काठमाडौं र बन्डिङ पार्टनरमा राठीकोल रहेका छन्। कार्यक्रम व्यवस्थापनको जिम्मा इभेन्ट नेपालले लिएको थियो।














