अभिनेता सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि
माघ २५, २०८२ | काठमाडौं
स्वर्गीय वरिष्ठ अभिनेता सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टी अघि थापाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिएको थियो ।
पशुपति आर्यघाटमा विभिन्न कलाकर्मीले थापालाई अन्तिम बिदाइ गरेका थिए । थापाको पार्थीव शरीर अन्त्येष्टिका लागि लैजानु अघि श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डको परिसरमा राखिएको थियो ।
थापाको हिजो बिहान ६८ वर्षको उमेरमा निधन भएको थियो ।











