धरानमा एक्सट्रीम इनर्जी ड्रिन्क्स ‘रेडियो अन ह्वील्स’

रेडियो कान्तिपुर संवाददाता

माघ ३, २०८२ | धरान

एक्सट्रीम इनर्जी ड्रिन्क्सद्वारा आयोजित ‘रेडियो अन ह्वील्स’ कार्यक्रममा इस्राफिल आलमले मुम्बईको चार रात पाँच दिनको प्याकेजसहित टी–२० विश्वकपको टिकट जितेका छन्।

आयोजकका अनुसार कार्यक्रम आयोजना हुने १५ वटै स्थानमा एक्सट्रीम वा म्याक्स टाइगर इनर्जी ड्रिन्क्स खरिद गर्ने सहभागीहरूको नाम र मोबाइल नम्बर लक्की ड्रमा समावेश गरिनेछ। प्रत्येक स्थानबाट एक–एक जना भाग्यशाली विजेताले टी–२० विश्वकपको प्याकेज जित्ने व्यवस्था गरिएको छ।

यसपटकको रोड शोमा गायक शिव परियार, विश्व नेपाली, हास्य कलाकार राजा राजेन्द्र पोखरेल, डान्स च्याम्पियन नेपालकी विजेता वर्षा फुयाँल तथा यशोदा ढकालले गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए। विशेषगरी विश्व नेपालीले ‘मिठो असाध्यै मिठो’ र ‘मै पनि बन्छु कवि देवकोटा’ बोलका गीत प्रस्तुत गर्दा दर्शकबाट पुनः प्रस्तुतीको माग गरिएको थियो।

कार्यक्रमको टाइटल स्पोन्सर एक्सट्रीम इनर्जी ड्रिन्क्स रहेको छ भने पावर्ड बाइमा नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक र टिभीएस रेडर रहेका छन्। इन्टरनेट पार्टनर वाइफाइ नेपाल, स्न्याक्स पार्टनर रिजाल्स नमकिन, लुब्रिकेन्ट पार्टनर सर्वो, फर्निचर पार्टनर सोफा हब काठमाडौं तथा बन्डिङ पार्टनर राठीकोल रहेका छन्। कार्यक्रम व्यवस्थापनको जिम्मा इभेन्ट नेपालले लिएको छ।

कार्यक्रमका क्रममा आरजे महेश लिम्बुले धरानले सधैं कार्यक्रमप्रति माया र उत्साह देखाउने गरेको बताए। अर्की आरजे स्मिता राणाले पनि पूर्वका कार्यक्रम भव्य हुने गरेको प्रतिक्रिया दिइन्।

धरानमा सम्पन्न कार्यक्रम ‘रेडियो अन ह्वील्स’ सिजन ७ अन्तर्गतको १२ औं शृंखला हो। यसै क्रममा आइतबार विराटनगरको सेन्ट्रल मल छेउमा अर्को कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ।


प्रतिक्रिया