नवलपरासी डायरी

रेडियो कान्तिपुर संवाददाता

पुस २८, २०७१

बेचु गौड

पौष २८, नवलपरासी । 

  • मंसिर पहिलो साता देखी नै जिल्लाका चिनी उद्योगहरुले उधारोमा उखु खरिद गर्दै क्रसिगं गरे पनि हालसम्म भुतmानी दिएका छैनन् । दुई साता भित्रै मुल्य निर्धारण भए पुरै मुल्य र नभए पेश्कि मात्र दिने बाचा गरे पनि हालसम्म भुतmानी नपाएको किसानको गुनासो छ । भुतmानी नपाउदा किसानको दैनिकी चलाउन समस्या भएको उखु उत्पादक संघका केन्द्रिय सदस्य प्रेम चन्द्र गुप्ताले बताउनुभयो । आक्रोसित किसानले केही दिनअघि बागमति चिनि उद्योगको चिनी निकासी समेत बन्द गराएका थिए । जिल्लामा बागमति, लुम्बिनी, इन्द्रा र मोहिनी गरि चार वटा ठूला चिनी उद्योग र सय भन्दा बढि सख्खर बनाउने क्रसरहरु सञ्चालन छन् । जिल्लामा दुई अर्ब रुपैयाँ बराबरको करिब २५ लाख क्वीन्टल भन्दा बढि उखु उत्पादन हुने गरेको छ । 

 

  • शहिद दिवसको अवसरमा नवलपरासीको परासीमा विशाल दंगल अर्थात कुस्ती हुने भएको छ । भारतका पहलमानहरुको समेत सहभागिता हुने गरे कुस्तिको आयोजना गर्न लागिएको दंगल ब्यवस्थान समितिले जनाएको छ । माघ १६ गतेदेखि तीन दिनसम्म चल्ने कुस्तिमा भारत उत्तर प्रदेशको गोरखपुर, महराजगंज, देवरिया, बस्तिसम्मका पहलमान आउने समितिका संयोजक रामभवन यादवले बताउनुभयो । 

 

  • अपहरण गरि जबरजस्ति विवाह गर्न बाध्य बनाएकी रुपन्देही सिक्टहनकी १४ बर्षिया बालिका १७ दिन पछि भागेर जिल्ला प्रहरी कार्यालय नवलपरासी पुगेकी छन् । भिनाजुको घरमा बसेर परासीमा सिलाई सिक्दै आएकी उनलाई भारत लक्ष्मिपुरका २५ बर्षिय राजकुमार हरिजनले पुस ५ गते भिनाजुले बोलाएको भन्दै लगेका थिए । हरिजनले आफुलाई भिनाजुको घरमा नलगि भारत इटहिया लगेर जबरजस्ति विबाहा गरेको बालिकाको भनाई छ । विवाहमा सनई गाविस मधवलियाका सञ्जय विश्वकर्मा समेत उपस्थित रहेकोले अपहरणमा उनको समेत संलग्नता रहेको पिडित परिवारको दाबी छ । प्रहरीले विश्वकर्मालाई नियन्त्रणमा लिएर छानविन गरिरहेको छ । भारतमा आकेस्ट्रा चलाउदै आएको हरिजनले यसअघि पनि विवाहको नाटक गर्दै नेपालबाट युवती लगेर आकेस्ट्रामा नचाउने गरेको बालिकाका बाबु दशरथ हरिजनले बताए । 

 

  • मर्मत सम्भारको अभावमा जिर्ण बनेको नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली मर्मतका लागि यस बर्ष १ करोड ५ लाख रुपियाँ विनियोजन भएको छ । विगतमा प्रयाप्त बजेटको अभावमा नहरको मर्मत सम्भार हुन नसकिरहेको अवस्थामा यसवर्ष भने बढि बजेट आएको सिचाई डिभिजन कार्यालयका लेखा अधिकृत अरुण कुमार कर्णले बताउनुभयो । उहाँका अनुसार अब चाँडै गण्डक जलउपभोतmा समितिसंग समन्वय गरि मर्मत सुधारका काम अगाडी बढाईने छ । समितिले विगत ५ बर्ष देखी साधारणसभा समेत गर्न नसकेको र म्याद सकिएको समितिले सिचाई सेवा शुल्क समेत उठाउन नसकेपछि सरकारले नहर मर्मतका लागि बजेट कटौती गर्दै आएको थियो । 


प्रतिक्रिया