नेपालको संविधान (दोस्रो संशोधन) २०७७ राजपत्रमा प्रकाशित

रेडियो कान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीे संघीय संसद्को दुवै सदनबाट पारित ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक’ बिहीबार प्रमाणीकरण गर्दै । तस्बिर : राष्ट्रपतिको कार्यालय 

असार ५, २०७७ | काठमाडौं

सरकारले जारी गरेको नयाँ नक्सा निसान छापमा समेट्ने सम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै नेपाल राजपत्रमा प्रकाशित भएको छ । 

दुबै सदनबाट सर्वसम्मत रुपमा संशोधन प्रस्ताव भएपछि बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान संशोधन विधेयक प्रमाणीकरण गर्नु भएको थियो । 

सर्वसाधारणको जानकारीका लागि नेपाल राजपत्रमा बिहीबार नै नेपालको संविधान (दोस्रो संशोधन) २०७७ प्रकाशित भएको हो । 

राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेसँगै नेपालको संविधान (दोस्रो संशोधन) २०७७ लागू भइसकेको छ । 

प्रतिनिधिसभाबाट जेठ ३१ र राष्ट्रिय सभाबाट असार ४ गते संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको थियो ।


प्रतिक्रिया