संसदमा जवाफ दिने वातावरण बनाइदिन गृहमन्त्री लेखकको आग्रह

फाइल फोटो 

जेष्ठ २१, २०८२ | काठमाडौं

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताउनुभएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए । गृहमन्त्री लेखकले समितिमा जवाफ दिदा सबै सांसदहरुले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यहरुसँग आग्रह गर्नुभएको हो ।

अर्को प्रसंगमा गृहमन्त्री लेखकले राजतन्त्र पक्षधर नेताहरुका लागि खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाइएको सन्दर्भमा उनीहरुले आन्दोलन गर्न छोडेपछि सुरक्षाकर्मी पुनः खटाइने जवाफ दिनुभएको छ । सरकारले केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसहितका राप्रपा नेताहरुको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएको थियो ।

यसैबीच दलहरुबीच सहमति हुन नसकेपछि प्रतिनिधिसभाको बैठक भोलीसम्मकालागि स्थगित भएको छ । 


प्रतिक्रिया