स्वास्थ्य सामग्री अभाव वा सहजताले संक्रमणलाई प्रभाव पार्दैन : स्वास्थ्य मन्त्रालय

श्रावण २२, २०७७ | काठमाडौं

कोभिड १९ भाइरस संक्रमणको व्यवस्थापनमा भेन्टिलेटरको अभावले सरोकार नराख्ने सरकारले बताएको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसको उपचार नै नभएकाले स्वास्थ्य सामग्री अभाव वा सहजतामा संक्रमितलाई प्रभाव नहुने बताउनुभएको हो । विश्वमै उत्कृष्ट स्वास्थ्य सेवा प्रणाली भएको अमेरिकामा समेत कोरोना संक्रमणले भयावह रुप लिएको भन्दै प्रवक्ता गौतमले सुरक्षित रहने उपाय खोज्नु नै बुद्धिमता हुने बताउनुभयो । 

पछिल्लो समय काठमाडौं लगायतका मुलुकभर संक्रमित पुष्टी हुनेको संख्यामा बृद्धि हुँदै गएको छ । यद्यपी मन्त्रालय भने संक्रमितको संख्या घटेको दाबी गरेको छ । एक महिना अघि १ दशमलव ८९ प्रतिशत रहेको संक्रमण दर हाल १ दशमलव ४५ प्रतिशतमा झरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दाबी गर्नुभयो ।   


प्रतिक्रिया