ठोस आधार बिना पार्टीभित्र कुनै छलफल नगर्ने ओलीको अडान

श्रावण २४, २०७७ | काठमाडौं

प्रधानमन्त्री एवम नेकपा अध्यक्ष केपी शर्मा ओलीले ठोस आधारबिना पार्टीभित्रको कुनै छलफलमा सहभागी नहुने अडान लिनु भएको छ । पार्टीभित्रको विवाद समाधानका लागि पछिल्ला दिनमा जारी छलफल औचित्यहिन भएको भन्दै ओली पक्ष यस्तो निष्कर्षमा पुगेको हो । 

अर्का अध्यक्ष पुष्पकमल दाहालसंग लगातार भएका छलफल ठोस आधारबिना भएको बताउदै ओली पक्षले यसलाई रोकेर आधारसहितको छलफलमा मात्र सहभागी हुने बताएको हो । ओली निकट श्रोतका अनुसार दुई अध्यक्षबिचको छलफल एजेण्डाका बिषयमा नभई अन्य बिषयतर्फ मोडिएकाले आफुहरु त्यसमा नअल्झने भएको हो । 

पार्टी एकताको मर्म र भावना बिपरित गुटगत भेला र पत्रकार सममेलन गरेपछि अध्यक्ष ओली निक्कै असन्तुष्ट बनेका हुन् । स्रोतले भन्यो– बिधि र पद्धतीको कुरा गर्नेहरुनै होटल होटलमा भेला र पत्रकार सम्मेलन गर्दै हिडेका छन् । यसले पनि कसको के चाहाना हो भन्ने स्पष्ट पारेको छ । हामि उत्तेजनामा नआई पार्टीभित्रको समस्या समाधानका लागि परेका छौ ।

पार्टीका जिम्मेबार नेताहरु नै गुटगत राजनितिमा रमाईरहेकाले पार्टीमा समस्या आएको ओली निकट एक नेताले बताए । माहामारीको बढ्दो प्रभावका कारण केन्द्रिय कमिटिको बैठक नहुने स्पष्ट पार्दै ती नेताले भने– आपसी सहमती नभई माथिल्ला निकायलाई बन्धक बनाएर केन्द्रिय कमिटिको औचित्य के रहन्छ ?

कठिन परिस्थितीमा पार्टीभित्रैबाट सरकारलाई समस्यामा पारेर बदनाम गर्ने प्रयासप्रति ओली सचेत रहेको ती नेताको भनाई छ । पार्टीभित्रको अन्तरबिरोध बिधि र पद्धतीको नभएको स्पष्ट भईसकेकाले बखेडा झिक्ने शक्तिहरु कमजोर हुदै गएको ओली पक्षको आंकलन छ । 


प्रतिक्रिया