उम्मेदवार नयाँ, एजेण्डा पुुरानै

कार्तिक २९, २०७९ | बर्दिया

आसन्न निर्वाचनमा बर्दियामा प्रतिनिधि सभातर्फ प्रमुख दलका उम्मेदवार मध्ये अधिकाश नयाँ अनुहारका छन् । थारु समुुदायको बढी बसोबास रहेको मध्ये एक जिल्ला बर्दिया सत्तारुढ गठबन्धन, एमाले र रेशम चौधरी नेतृत्व नागरिक उन्मुुक्ति पार्टीका उम्मेदवार आफ्नो जनमत जोगाउँंदै संघीय संसदमा आउने प्रयास गरिरहेका छन् । अधिकाश उम्मेदवारले नयाँ भन्दा पनि पुुरानै एजेण्डा उठाएका छन् ।

बर्दिया एकमा अघिल्लो पटकको निर्वाचनमा वामपन्थी नेता वामदेव गौतमलाई झन्डै ८ सय भोटको अन्तरमा पराजित गर्दै चर्चा बटुुलेका नेपाली कांग्रेसका सञ्जय कुुमार गौतम फेरि एकपटक चुुनाव जित्ने रणनीतिमा छन् । माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहितको समर्थन पाएका गौतमलाई पार्टीभित्रको असन्तुुष्टी सम्बोधन गर्दै अघि बढ्नु पर्ने दबाब परेको देखिन्छ । अघिल्लो पटक वामपन्थी नेता हराएका उनै गौतम अहिले अन्य वामपन्थी दलसँग मिलेर चुनावी प्रतिस्पर्धा छन् । ‘गठबन्धनमा चुनाव लड्ने कुरा त्यति सहज त हुँदैन, अप्ठेरो नै हुन्छ,’ गौतमले भन्नुभयो, ‘सँगसँगै आफ्नो र साथीहरुका लागि मत माग्नुपर्ने हुन्छ तर, समय र परिस्थितिको उपज हो, यसलाई सहज रुपमा लिएका छौं ।’

एमालेका ६२ वर्षीय लक्ष्मणराज ज्ञवाली गठबन्धनलाई पराजित गर्न आफ्नो राजनीतिक पृष्ठभूूमि र आफ्नो स्वच्छ छविको प्रभावका आधारमा अघि बढेका छन् । उनी पहिलो पटक सांसद बन्ने अभियानमा छन् । अन्य क्षेत्रमा जस्तै ज्ञवालीले पनि स्थायित्व र समृद्धिकै नारालाई बढी महत्व दिएका छन् । ज्ञवालीले भन्नुभयो, ‘हामीले विजय प्राप्त गरेपछि यहाँका जनताका समस्या, विकास निमार्ण र यहाँको समृद्धिका निम्ति लाग्ने छौं ।’

ज्ञवालीले कांग्रेस माओवादीको चुनावी तालमेलबाट रुष्ट जनमतलाई आफ्नो पक्षमा तान्ने प्रयत्न गरिरहेका छन् । यो क्षेत्रमा नागरिक उन्मुुक्ति पार्टी ठाकुुरसिंह थारु, जसपाका रेशम बहादुुर खत्री, राप्रपाका सूुर्य बहादुुर सिंह, नेमकिपाका हरि लाल न्यौपाने, जनमत पार्टीका सोहराव पठान, नेशनलिष्ट पिपल्स पार्टीका रामरतन थारु, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवेश भुुषाल र स्वतन्त्र उम्मेदवार देवी प्रसाद तिवारी प्रतिस्पर्धामा उत्रिएका छन् । 

जातीय मतलाई जोगाउन नागरिक उन्मुुक्ति पार्टीका उम्मेदवार थारुले राम्रै प्रयास गरिरहेका छन् । सो पार्टीले राजनीतिक थारु समुुदायको आन्दोलन र संविधानमा आफूूहरुको असन्तुुष्टी लगायत विषयलाई महत्वका साथ उठाएको छ । ‘विकास हुन नसकेका कारण अहिले नेपालमा १ सय २५ जातको संस्कृतिलाई एसेप्ट गर्न नसक्नु हो, जसलाई नेताहरुले भत्काउन खोजिरहेका छन्, त्यसलाई हामी सन्तुलनमा ल्याउन चाहन्छौं, जसलाई न्याय भन्ने परिभाषा दिएका छौं,’ नागरिक उन्मुुक्ति पार्टीका नेता एवम् प्रदेशसभाका उम्मेदवार धर्मबहादुुर चौधरीले भन्नुभयो, ‘अहिले रेशम लाल चाौधरी लगायत थारु समुदायका धेरै व्यक्तिमा मुद्दा लागेको छ, उहाँहरुले न्याय पाउनुपर्छ ।’

बर्दिया दुुईमा प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गरिरहेका माओवादी केन्द्रका सुरेश पन्थ, एमालेका पंकजसिह राठौर र राप्रपा विनय रावल पहिलो पटक सांसद बन्ने आकांक्षा राखेर मतदाता माझ पुुगिरहेका छन् । स्थानीय तहको निर्वाचन नतिजालाई हेर्दा केही सहज महसुुस गरेका माओवादी केन्द्रका पन्थले भन्नुभयो, ‘जनतामा विश्वास र उमंग छाएको छ । राष्ट्रिय एकता र संविधानका रक्षाका लागि चरण चरणमा आन्दोलन र निर्वाचनले गर्दा यो राष्ट्रिय सहमति नै भएकाले म जित्छु भन्नोन पूर्ण विश्वस्त छु ।’

एमालेका राठौर स्थानीय मुुद्दा सम्बोधन गर्न आफूू सक्षम भएको दाबी सहित संसदीय निर्वाचनको यात्रामा छन् । एमाले र गठबन्धनका उम्मेदवारलाई टक्कर दिन केही महिना अघि कांग्रेस छाडेर राप्रपा प्रवेश गरेका विनय रावल प्रतिस्पर्धामा उत्रिएका छन् । उहाँले भन्नुभयो, ‘पुराना बार्दियाली साथीले मलाई साथ र सहयोग गर्नु हुनेछ भन्ने पूर्ण विश्वास छ ।’

नेमकिपाका धर्मराज जैसी आचार्य, लोसपाका अनिरुध्या आर्य, राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश बसौला, स्वतन्त्रमा राम प्रसाद आचार्य र लालवीर चौधरी समेत उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारी दिएका लालवीर चौधरी नागरिक उन्मुुक्ति पार्टीका नेता रेशम चौधरीका बुुबा हुुन् । उनी स्वतन्त्र उम्मेदवार भएपनि उन्मुुक्ति पार्टीले आफ्नो चुनावी अभियानमा उनलाई सँगै राखेको छ । बर्दियाका सबैजसो उम्मेदवार नयाँ भन्दापनि पुरानै एजेन्डालाई प्राथमिकतामा राखेका छन् । नदी कटान नियन्त्रण, वन्यजन्तुु समस्या समाधान, किसानका मुद्दा उनीहरुको रोजाइमा परेको छ ।



प्रतिक्रिया