‘ वीपीको साहित्यिक कृति प्रतिको रुचि आज पनि घटेको छैन ’

भाद्र २०, २०८०

लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व विश्वेश्वर प्रसाद कोइरालाको नेपाली साहित्यमा पनि उत्तिकै महत्वपूर्ण योगदान छ । त्यही योगदानलाई स्मरण गर्दै नेपाली कांग्रेसले कोइरालाको १ सय १० औं जन्मजयन्तीको अवसरमा आगामी साता विशेष साहित्यिक महोत्सव गर्दैछ । लोकतन्त्रका अविचलित योद्धा वीपीका साहित्यिक कृतिहरु जीवन्त मानिन्छन् । र, आज पनि उनका साहित्यिक कृति प्रतिको रुची घटेका छैनन् । साहित्यमा वीपीको योगदानलाई स्मरण गरिरहंदा उनका कृतिलाई नयां पुस्तामाझ लैजानुपर्ने देखिन्छ । विक्रम सम्वत् १९७१ भदौ २४ गते जन्मिएका विश्वेश्वरप्रसाद कोइरालालाई साहित्य अनुरागीले वीपीको नामबाट चिन्छन् ।

त्यतिमात्रै हैन वीपीको परिचयको आयतन ६ वटा उपन्यास, दुई वटा कथासंग्रह, दुई वटा जीवनीसम्म फैलिएको छ । उनलाई नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तककारुपमा चित्रण गरिएको छ । ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्ऽदाइ’, ‘बाबु, आमा र छोरा’ उपन्यास, कथा संग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चस्मा’मा पनि वीपीको तिनै साहित्यिक वैशिष्ट्य अनुभूत गर्न सकिन्छ । आत्मवृत्तान्तका रुपमा ‘जेल जर्नल’उनको उत्कृष्ट कृति हो । साहित्यकार प्रा.डा अभि सुवेदी वीपीका साहित्यमा मानिसको वास्तविक जिवनको चित्रण भेटिने भएकाले उनका रचनाहरु जीवन्त रहेको बताउंछन् । राजनीतिक दस्तावेज भन्दापनि मानिसका वास्तविक उतारचढावलाई साहित्यमा उतार्दा उनका कृत्ति सधै अध्ययनको विषय बन्ने गरेको सुवेदीको भनाइ छ ।

राजनीतिक जीवनको उतारचढावलाई छिचोल्न वीपीले नेपाली साहित्यमा नयांपन ल्याएको ठानिन्छ । उनका लेखनीमा षैन मनोविज्ञान र विशेषतः नारीको जिवनलाई मुख्य चित्रण गरिएको छ । तीन घुम्तीमा नारी प्रेमिका, पत्नि र आमाको रुपमा चित्रण गरिएको छ, भने सुम्निमाःदुई भिन्न संस्कृतिको समन्वय, सम्मिश्रण र यौनको गाथाको रुपमा परिचित छ । नरेन्ऽदाइ एउटा पुरुषका पत्नी र प्रेमिका दुई छुट्टाछुट्टै सम्बन्धका दुई स्त्रीहरू बीचको कथामा आधारित छ । मोदी आइन्मा महाभारतीय युद्धकथालाई समावेश गरेका छन् । हिटलर र यहुदीजर्मन तानाशाहमा आधारित छ, भने बाबु, आमा र छोरामा समाजभित्रको एक सशक्त चित्रण प्रस्तुत गरिएको छ ।साहित्यकार सरस्वती प्रतिक्षा वीपीका कृतीले महिला संवेदनशिता र उनको त्यागलाई चित्रण गर्दा समाजमा महिलाहरुमाथि हेर्ने दृष्टीकोणमा ठुलो परिवर्तन ल्याएको बताउंछिन् ।

जानकारहरुका अनुसार, नेपाली मनोविश्लेषणात्मक समालोचनाको फांटमा उनका कथा र उपन्यासहरू नमुना र प्रायोगिक मात्रै ठानिएको छैन बढी समालोचना गरिएको पाइन्छ । उनका कृतिहरूमा विशेषगरी फ्रायडीय मनोविश्लेषणका विभिन्न पक्ष र सिद्धान्तहरू छताछुल्ल छन् । संख्याका हिसाबले थोरै साहित्यिक कृति वीपीले नेपाली साहित्यलाई दिएपनि तिनको ओज र महिमा भने अझै घटेको छैन । साहित्यकार नवराज लम्साल वीपीका कृत्तिहरुमा मानवीय संवेदना झल्किने भएकाले जीवन्त रहेको बताउंछन् ।

वीपीको जस्तै कृतिलाई जीवन्त बनाउनुपर्ने चुनौती साहित्यकारहरुलाई हुने लम्सालको भनाइ छ । वीपीले लेखेका र उनीमाथि लेखिएका थुप्रै पुस्तक र साहित्यिक कृति अहिले पनि सबैभन्दा बढी विक्री हुने पुस्तकका रुपमा चिनिन्छन् । वीपीको राजनीतिक जिवनका बारेमा अध्ययन गर्नलाई होस् वा साहित्यिक चेत बुझ्न उनका कृतीहरु पढ्न चाहनेहरु उत्तिकै छन् । काठमाडौंको बागबजार स्थित पुष्पज्योति पुस्तक पसलका विक्रेता पुष्पराज पौडेल वाषर््िाक अनुपातमा सबैभन्दा बढी उनकै पुस्तकहरु विक्रि भएको बताउंछन् । लोकतान्त्रिक आन्दोलनसागै साहित्य क्षेत्रमा कहलिएका बीपीको ११० औं जन्मजयन्तीका अवसरमा नेपाली कंग्रेसले आगामी साता विशेष साहित्यिक महोत्सवको आयोजना गर्दैछ ।

बदलिंदो परिवेशमा वीपी साहित्यमाथि चर्चा किन आवश्यक पर्‍यो भन्ने प्रश्नमा कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले वीपीको साहित्यसागै विभिन्न राजनीतिक आयामहरुका बारेमा युवामाझ जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको बताए । वीपीले साहित्यमा पुर्‍याएको योगदानको स्मरण गरिरहंदा उनका कृतिलाई नयां पुस्तामाझ लैजानुपर्ने देखिन्छ । आज पनि उत्तिकै सान्दर्भिक ठहरिएका बीपीका साहित्यको रसास्वादन युवा पुस्तालाई गराउन सके त्यसबाट आर्जन हुने विश्वसनियतालाई राजनीतिमा लगानीका रुपमा विकास गर्न पनि कााग्रेस यतिखेर उनकै नाममा साहित्य महोत्सव गर्न आतुर देखिन्छ । किनभने राजनीतिक रुपमा जुन कित्तामा उभिए पनि बीपी साहित्यको क्षेत्रमा सर्वस्वीकार्य पात्र हुन् । 


प्रतिक्रिया