नेपाली क्रिकेटको क्षितिज उघार्दै एनपीएल
कार्तिक २७, २०८१ | काठमाडौं
फुटबल र भलबलपछि नेपालमा सर्वाधिक रुचाइने खेल क्रिकेट नै हो । नेपाली राष्ट्रिय टीमको खेल हुँदा त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान सधैं खचाखच हुन्छ । तर यसपटक आगामी मंसिर १५ देखि सुरु हुने नेपाल प्रिमियर लिग क्रिकेट एनपीएलमा पनि सोही स्तरको दर्शक सहभगिता हुने आशा नेपाल क्रिकेट संघ क्यान को छ । त्यसमाथि विदेशी प्रशिक्षकको प्रशिक्षण र विदेशी खेलाडीहरुलाई आफ्नै मैदानमा देख्न पाउँदा दर्शक त उत्साही छन् नै नेपाली खेलाडीको पनि स्तरवृद्धि हुने अपेक्षा गरिएको छ ।
नेपाल क्रिकेट संघले आयोजना गर्ने पहिलो संस्करणको नेपाल प्रिमियर लिग आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ । लिगमा सहभागी हुने आठै टिमले आफ्नो टोली बलियो बनाउन विदेशी खेलाडी भित्र्याएका छन् । एनपीएल खेल्ने ८ मध्ये ५ टिममा विदेशी प्रशिक्षक छन् । त्यसैले एनपीएलका सबै टिम बलिया हुने र खेलहरु प्रतिस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ । काठमाडौं गुर्खाजबाट लिग खेल्न लागेका अष्ट्रेलियाली क्रिकेटर स्टीफन एस्किनाजÞी भने “एनपीएलका लागि म एकदम धेरै उत्साहित छु । मलाई खुसी लागेको छ लिगमा सहभागी हुुन पाउँदा । टियु क्रिकेट मैदानमा चाँडै भेटौँला ।”
एनपीएलमा विदेशी खेलाडीहरुको सहभागीताले लिगलाई नयाँ उचाईमा पुुर्याएको छ । फ्रेन्चाइज टिमहरुले विभिन्न मुलुकका चर्चित खेलाडीहरुलाई अनुुबन्ध गर्दै लिगलाई अन्तर्राष्ट्रिय स्तरमा पुुर्याउने उदेश्यसाथ अघि बढेका छन् । विदेशी खेलाडीहरुको आगमनले नेपाली खेलाडीहरुलाई अनुुभव साटासाट गर्न र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट शैली नजिकबाट सिक्ने मौका दिएको छ भने नेपाली टिमको प्रदर्शनलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ । जनकपुर बोल्ट्सका मार्की प्लेयर आसिफ शेखले भने “हाम्रो लागि एकदमै ठूलो अवसर हो । टेष्ट राष्ट्रका खेलाडीहरुसँग खेल्दा हामीले धेरै कुरा सिक्न पाउछौं ।”
क्रिकेटप्रेमीहरुको ध्यान आकर्षित गर्दै, एनपीएलमा भारत, पाकिस्तान, श्रीलंका, वेस्टइन्डिज, अष्ट्रेलिया लगायतका मुुलुुकका अनुुभवी खेलाडीहरुले सहभागीता जनाउँदै छन् । विदेशी खेलाडीको अनुुभवले टिमलाई सन्तुलन प्रदान गर्दै नयाँ रणनीति र खेल कौशलको प्रयोगमा सहयोग पुुर्याउने छ । प्रशिक्षकहरुले पनि विदेशी खेलाडीहरुसँगको सहकार्यले नेपाली खेलाडीहरुलाई मानसिक रुपले बलियो बनाउँदै खेलको स्तरमा उल्लेखनीय सुधार हुुने अपेक्षा गरेका छन् । एनपीएल नेपाली क्रिकटको लागि ठूलो खुड्किलो भएको भन्दै काठमाडौं गुुर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कट्वाल भन्छन् “यस लिगले विश्व क्रिकेट जगतमा राम्रो छाप छोड्छ । क्यानले एनपीएललाई राम्रो ढँगले अगाडी बढाउन सक्यो भने यसले नेपाली क्रिकेटलाई धेरै फाइदा पुुग्छ । ”
एनपीएलले नेपाली क्रिकेटको इतिहासमा एउटा महत्वपूर्ण मोड बन्ने अपेक्षा दर्शक र खेलाडीहरुको छ । यसका साथै एनपीएलले स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने देखिन्छ । जसले खेलकुद पर्यटनमा पनि महत्वपूर्ण योगदान पुुर्याइरहेको छ । सुदूरपश्चिम रोयल्सका अध्यक्ष स्वतन्त्र प्रताप शाहले भने “नेपाली खेलाडीहरु एउटा राम्रो लिग खेल्न नपाएर क्रिकेट नै छोड्ने स्थितीमा पुुगेको अवस्थामा नेपालमा एनपीएल आयोजना हुनु निकै राम्रो हो । यसले खेलाडीसँगै क्रिकेट प्रेमीहरुमा एउटा आशा जगाएको छ । अनुुभवी विदेशी खेलाडीसँग खेल्दा नेपाली राष्ट्रिय खेलाडीसँगै स्थानीय खेलाडीको कन्फिडेन्स बिल्ड हुनुका साथै उनीहरुसँग धेरै कुरा सिक्ने मौका मिल्नेछ ।”
विदेशी खेलाडी र प्रशिक्षकको आगमनले नेपालमा क्रिकेटको लोकप्रियता मात्रै बढाउँदैन देशको साँस्कृतिक र खेलकुद पर्यटनमा पनि नयाँ आयाम थप्नेछ । एनपीएलले नेपाली क्रिकेटलाई दीर्घकालीन विकास, आर्थिक प्रगति र खेलप्रतिको जनचासोको दृष्टिले नयाँ उचाइमा पुुर्याउने क्रिकेट जानकार सुवास हुमागाँई बताउँछन् ।
नेपालमा अहिलेसम्मकै ठूलो घरेलु प्रतियोगितालाई लिएर खेलाडी, प्रशिक्षक, क्रिकेट समर्थक र लगानीकर्ता सबै उत्साहित छन् । विदेशी खेलाडीहरुको उपस्थितीले खेलको प्रतिस्पर्धात्मकता मात्र होइन, दर्शकमा पनि रोमाञ्कता बढाएको छ । यी खेलाडीहरुको अनुुभवी खेल र शैलीले नेपाली खेलाडीहरुलाई मात्र होइन, नेपाली दर्शकलाई पनि विश्व क्रिकेटको झल्को दिएको छ । तीन साता चल्ने एनपीएलमा ८ टिमबाट कूल १२८ खेलाडीले खेल्नेछन् । एनपीएलमा टेष्ट राष्ट्रका खेलाडीहरु पनि सहभागी हुुने भएकाले स्थानीय खेलाडीहरुले उनीहरुबाट सिक्ने अवसर पाउँछन् । यसले खेलाडीको प्रदर्शन सुुधार गर्न सहयोग पुुग्नेछ । एनपीएललाई सकारात्मक रुपमा विकास गर्ने हो भने यसले नेपाली क्रिकेटलाई ठूूलो फाइदा पुुग्नेमा द्विविधा छैन । क्यानले अब मैदानसहितका पूर्वाधारमा लगानी बढाउने र प्रदेशहरुमा पनि छुट्टै क्रिकेट मैदान निर्माण भए चाँडै होम एण्ड अवेका आधारमा दर्शकले एनपिएल हेर्न पाउने थिए । जसले क्रिकेटको लोकप्रियतालाई त अझै बढाउँछ नै घरेलु क्रिकेटको जग बलियो बनाउन पनि भूमिका खेल्नेछ ।