प्लानिङ ब्वाइजको योजनावद्ध फुटबल यात्रा

जेष्ठ १५, २०८२ | काठमाडौं
नामले खासै महत्व बोक्दैन भन्नेहरुका लागि हालै ए डिभिजन क्लबमा बढुवा भएको प्लानिङ ब्वाइज क्लब अपवाद हो । सी डिभिजन छनोट हुँदै स्थापनाको १३ औं वर्षमा ए डिभिजनमा उक्लिएर प्लानिङले नामजस्तै सोचविचार गरेर योजनावद्ध ढंगबाट अघि बढ्ने सङ्केत दिएको छ ।
सहभागी १४ क्लबमध्ये बी बाट ए मा बढुवा हुनेमा प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवती क्लब रहे । टुसाल युथ क्लब र नयाँ बस्ती युवा क्लब रेलिगेसनमा पर्दै सी मा घटुवा भए । कस्तो रह्यो त प्लानिङ ब्वाइजको तिलस्मी ए डिभिजन यात्रा ।
आजको सविस्तारमा हामी यसैका बारे चर्चा गर्नेछौं
सन् २०१२ मा १२ जनाको समूह मिलेर स्थापना भएको प्लानिङ ब्वाइज युनाइटेड क्लबले १२ वर्षपछि उच्च स्तरको लिग खेल्ने आप्mनो सपना साकार तुल्याएको छ । तर, यो १२ वर्ष सहज भने रहेन । सी डिभिजन हुँदै क्लवलाई ए डिभिजनसम्म उकाल्नका लागि जति व्यवस्थापनले मिहिनेत गरे उत्ति नै खेलाडीले पनि मैदानमा आपूmलाई उतारे । सुरुवाती चरणमा क्लबको नेतृत्व सुनिल कटुवालले सम्हाले ।
स्थापना लगत्तै सन् २०१३ मा सी डिभिजन लिगको क्वालिफाइ खेल्यो र छनोट पनि भयो । सन् २०१३ मा सी डिभिनजमा स्थान बनाएको प्लानिङ ब्वाइजलाई बी डिभिजनमा उक्लिन ९ वर्ष लाग्यो । सन् २०२२ मा बल्ल बी डिभिजन लिगमा उक्लियो । यो बीचमा अखिल नेपाल फुटबल संघ एन्फाले लगातार लिग नगर्नु र कोभिड १९ को महामारी आदिलाई कारण देखाएर नेपाली फुटबल गतिहिन भएको बेला थियो त्यो । सो समय प्लानिङ ब्वाइजले मोफसलमा हुने गोल्डकपहरुमै समय व्यतीत गर्यो।
बी डिभिजन लिगबाट ए डिभिजन लिगमा उक्लन भने प्लानिङ ब्वाइजलाई धेरै समय लागेन । यसै वर्ष आयोजित बी डिभिजन लिगमा अपराजित रहँदै उ ए डिभिजनको यात्रा तय ग¥यो । प्लानिङ ब्वाइजका कप्तान विशाल दर्जी भन्छन्
“क्लबमा आवद्ध हुँदा जिताउँछु भन्ने सोचेरै आएको हुँ । हार्न त रहर हुँदैन । पहिले सी डिभिजनमा आवद्ध भए । बी डिभिजनमा भने जस्तो टाइममा आवद्ध हुन पाइन । अलि ढिलो अनुबन्ध भए । खेले प्लानिङबाट खेन्छु । नत्र अन्य क्लबबाट खेल्दिन भन्ने नै सोचे । सक्सेस हुनुको कारण टिमवर्क नै हो ।”
प्लानिङ ब्वाइजले सी र बी डिभिजन लिगसँगै अन्य थुप्रै गोल्डकपहरु खेलेको छ । दोलखाको चरिकोटमा सम्पन्न पहिलो संस्करणको प्रकाश दाहाल स्मृति कपको विजेता बन्दा प्लानिङ ब्वाइजले सुनसरीमा आयोजित भरोल गोल्डकपको उपाधिमाथि ह्याट्रिक ग¥यो । यस्तै धनकुटामा सम्पन्न भिम नारायण गोल्डकपको उपाधि जितेको प्लानिङ ब्वाइज दुहबीमा आयोजित भलुवा गोल्डकपको पनि विजेता हो ।
राष्ट्रिय लिग जारी रहँदा लिगमा व्यस्त रहने र जिल्ला जिल्लामा आयोजना हुने गोल्डकपहरुमा पनि प्लानिङ ब्वाइजले लगातार जसो सहभागिता जनाइ रह्यो । बी डिभिजनमा उक्लिए देखि नै योजनावद्ध ढंगबाट अघि बढेकाले ए मा बढुवा हुन समय नलागेको टोलीका मुख्य प्रशिक्षक सचिन्द्र धिमालको भनाई छ ।
समयमै बी डिभिजन आयोजना नहुँदा पनि प्लानिङ ब्वाइजले आप्mनो तयारी छाडेन । सो हिसाबले पनि बी बाट ए डिभिजनमा उक्लिदा १ करोड क्लबमा लगानी भएको क्लबका महासचिव विनायक लामिछानेले बताए । आर्थिक पाटोमा समस्या भएकै कारण व्यवस्थापनमा अब चुनौती थपिने अनुमान क्लब नेतृत्वले गरिसकेको छ ।
कार्यसमितिका सदस्यहरुबाट रकम उठाएर खेलाडीको खर्च जुटाउने गरेको क्लवबलाई अब ए डिभिजनको खर्च धान्न हम्मेहम्मे पर्नेवाला छ– यदि भरपर्दो बैकल्पिक स्रोत जुटेन भने । शीर्ष डिभिजनमा टिकिराख्न पनि चुनौती छ । नयाँका साथै विदेशी खेलाडीलाई पिन भित्राउने पाटो त अर्को भैहाल्यो ।
यति हुँदा हुँदै पनि छोटो समयमै क्लबले ठूलो उपलब्धि हासिल गरेको र ए डिभिजन लिग पनि जित्ने लक्ष्य राखेर आगामी तयारी गर्ने महासचिव लामिछाने बताउँछन् ।
पहिलेबाट क्लबमा रहेका कतिपय खेलाडी विदेश भासिइसके । कतिपयलाई क्लबले धान्न सकेन र अन्यत्र लागे । टोलीमा भएको फेरबदलका बावजुद खेलाडीलाई लगातार प्रशिक्षणमा राखेकै कारण प्लानिङ ब्वाइज शीर्ष डिभिजनमा उक्लिन सफल भयो ।
हाल २८ खेलाडी क्लबको अनुबन्धमा छन् । ती खेलाडीलाई मासिक तलब नदिइए पनि प्रतियोगिताका आधारमा रकम दिने गरिएको महासचिव लामिछानेले बताए । क्षमताका आधारमा ३ लाख ५० हजारदेखि डेढ लाखसम्म कन्ट्रयाक्ट गर्ने खेलाडी टीममा रहेको उनको भनाई छ । नेपालीमा एउटा उखान छ– स्यालको शिकार गर्न जाँदा तयारी बाघ मार्ने गर्नुपर्छ ।
प्लानिङ ब्वाइजको हकमा ए डिभिजन लिग भनेको सिंहको शिकार बराबर हो, अब क्लव कुन तयारीका साथ अघि बढ्छ त्यसमा नै यो ए डिभिजनमै रहिरहन्छ वा अन्य नतिजा बेहोर्न बाध्य हुन्छ भन्ने निर्भर हुनेछ ।