धरानमा डेंगी संक्रमणबाट हालसम्म ४ जनाको मृत्यु

फाइल फोटो  

श्रावण ५, २०८०

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगी संक्रमण भएपछि उपचार गर्न आएका मध्ये हालसम्ममा ४ जनाको मृत्यु भएको छ । जेठ तेश्रो सातादेखिको हालसम्म उपचार गर्न आउने मध्येमा ४ जनाको मृत्यु भएको हाम्रा सहकर्मीले जनाएका छन् । अधिकांसको प्रतिष्ठानको सघन उपचार कक्षमा उपचार गर्दागर्दै मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणी पोखरेलले बताउनुभयो । 

प्रतिष्ठानका सहप्रवक्ता पोखरेलका अनुसार एकजना बाहेक अरुमा उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घ रोग पनि देखिएको थियो । मृतकहरु सबै धरानका हुन् । यसैबीच वीपी प्रतिष्ठानले एकसातादेखि सुरु गरेको छुट्टै निःशुल्क डेंगु क्लिनिक र सेन्ट्रल इमर्जेन्सी कक्षमा डेंगु संक्रमणका विरामीको चाप बढेको छ ।क्लिनिकमा आफ्नो नाम लेखाउने, रगत परीक्षण गराउने र परामर्ष लिनेहरुको चाप बढेको प्रवक्ता डा पोखरेलले बताउनुभयो । 


प्रतिक्रिया