वीपीका १७७ चिकित्सकले दिए सामूहिक राजीनामा

आश्विन २४, २०८० | सुनसरी

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत १ सय ७७ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले आज स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतलाई मन्त्रालयमै भेटेर सामूहिक राजीनामा पत्र बुझाएका हुन् । सात वर्षदेखि रोकिएको बढुवा प्रकृया सुरु गर्न प्रतिष्ठानका चिकित्सकहरुले दबाबमुलक कार्यक्रम गर्दै आएका छन् । सो माग सरोकारवाला निकायले सम्बोधन नगरेका कारण सामूहिक राजीनामा दिएको चिकित्सकले बताएका छन् ।

आन्दोलनरत चिकित्सकहरुले बढुवा प्रकृयाबारे स्वास्थ्य मन्त्रालय, लोकसेवा आयोग वा सरोकावाला कुनै निकायले समाधानको उपाय तत्काल ननिकाले आफूहरु पलायन हुने समेत चेतावनी दिएका छन् । उनीहरुले प्रतिष्ठानमा चिकित्सकको धेरै दरबन्दी खाली भएर पनि विगत सात वर्षदेखि बढुवा प्रक्रिया अवरुद्ध भएको र दुई बर्षयतामात्र ५० भन्दा बढी दक्ष चिकित्सकहरुले प्रतिष्ठान छाडेर पलायन भएको जनाएका छन् । सरोकारवाला निकाय अलमलमा पर्दा प्रतिष्ठानमा उपचारकालागि आउने सर्वसाधारण विरामीहरु मारमा परेका छन् । 


प्रतिक्रिया