७ महिना यता कोभिडका कारण ३ जनाको मृत्यु

श्रावण ७, २०८२
जनवरी यता नेपालमा कोभिड १९ का कारण ३ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनुसार ३ सय ८० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी २ सय ६८ बागमती प्रदेशमा कोभिड संक्रमण पुष्टि भएको महाशाखाको तथ्यांकमा उल्लेख छ ।
यस्तै २ हजार २ सय १३ जनामा डेंगी पुष्टि भएको छ । सबैभन्दा बढी गण्डकीमा ६ सय १२ जनामा डेंगी पुष्टि भएको छ । कोभिड १९ बाट बच्न मास्क अनिवार्य लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । त्यस्तै घरवरिपरिका पानी जम्न नदिन र सफा राख्न सके डेंगीबाट केही हदसम्म जोगिन सकिने भन्दै मन्त्रालयले सचेत रहन आग्रह गरेको छ ।