स्वास्थ्य बीमालाई निरन्तरता दिन सकिदैन : त्रिभुवन शिक्षण अस्पताल

रेडियो कान्तिपुर संवाददाता

पुस २३, २०८२ | काठमाडौं

महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन नसक्ने जनाएको छ । अस्पतालले मासिक डेढदेखि २ करोड स्वास्थ्य बीमा उपचारबाट घाटा व्यहोर्ने परेकोले सो घाटा सधैँको लागि व्यहोर्न नससक्ने भन्दै बीमा सञ्चालन गर्न असमर्थता जनाएको हो ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै मासिक १२ देखि १४ करोड तलब भत्ता भुक्तानी गर्नुपर्ने भएको र स्वास्थ्य बीमाबाट उपचार भएका बिरामीहरुको रकम हालसम्म प्राप्त नभएको तथा अस्पतलाको आन्तरिक आयश्रोतबाट मात्र खर्च रकम व्यहोर्न कठिनाई भएको जनाएको छ । 

अस्पतालले औषधी, स्वास्थ्य उपचारका विभिन्न सामान सप्लाई गर्ने कम्पनीलाई ५ महिनादेखि रकम अभावका कारण विल भुक्तानी गर्न समेत नसकेको र सप्लायर्सले समान रिएजेन्ट उपलब्ध गराउन असमर्थ भएकोले सो रकम निकाशाको लागि समेत अस्पतालले अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ । 


प्रतिक्रिया