विश्व मधुमेह दिवस आज
कार्तिक २८, २०८२ | काठमाडौं
मधुमेहले जुनसुकै उमेरमा व्यक्तिलाई प्रभाव पार्न सक्ने भएकाले यसबाट सधैं सचेत रहनु पर्ने विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ । बालबालिका, प्रजनन् क्षमता भएका व्यक्ति, श्रम गर्न सक्ने उमेर समुहका व्यक्ति, वयस्क लगायत यस बाट प्रभावित हुने गरेको डब्लुएचओले जनाएको छ ।
नियन्त्रणमा राख्न सके यो समस्या सामान्य हुने तर अनियन्त्रित हुँदा घातक हुने चिकित्सक बताउँछन्। रगतमा ग्लुकोजको मात्रा निर्धारितस्तर भन्दा बढी हुँदा मधुमेह रोग हुने गर्छ । यो रोग लाग्दा शरीरमा आवश्यकताभन्दा कम इन्सुलिन बन्न थाल्ने र यही कारणले रगतमा ग्लुकोजको मात्रा बढ्ने चिकित्सक बताउँछन्।
विश्व स्वास्थ्य संगठन र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पछिल्लो पटक सन् २०१९ मा ५ हजार ५ सय ९३ जनामा गरेको अध्ययनले ६ दशमलव ३ प्रतिशतमा मधुमेहको समस्या देखाएको थियो । यसैविच, आज नोभेम्बर १४ विश्व मधुमेह दिवस मनाइंदैछ । दिवसको यो वर्षको नारा मधुमेहको जोखिम जिवनभरनै हुन सक्छ रहेको छ ।









