काम नगर्ने ठेकेदारलाई कारबाहिको दायरामा ल्याउछौ : मन्त्री बसन्त कुमार नेम्वाङ

फाल्गुन ३०, २०७६ | काठमाडौं

भौतिक पुर्बाधार तथा यातायात व्यवस्था मन्त्री बसन्त कुमार नेम्वाङले पुर्बाधारको क्षेत्रमा देखीएको विकृती रोक्न सरकार कडाईका साथ प्रस्तुत हुने बताउनुभएको छ । काम नगर्ने निर्माण व्यवसायीको मुख हेरेर छुट नदिने बताउदै मन्त्री नेम्वाङले यो क्षेत्रमा सुधारको संकेत यसै आर्थिक बर्षबाट देखीने दाबी गर्नुभयो । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै मन्त्री नेम्वाङले भौतिक निर्माणको क्षेत्रमा अनेकौ विकृती भएको स्विकार्दै त्यसलाई चिरेर अघि बढ्ने उल्लेख गर्नुभयो ।


प्रतिक्रिया