बजेटले जनआकांक्षा सम्बोधन गर्न सकेको छैन : डा. रेशम थापा

जेष्ठ १६, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 29 May 2020 | 16 Jestha 2077

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले जनआकांक्षा सम्बोधन गर्न नसकेको अर्थशास्त्री डा. रेशम थापाले बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्स्मा कुरा गर्दै उहाँले कोरोना महामारीले आक्रान्त जनताको अपेक्षालाई बजेटले समेट्न नसकेको बताउनुभयो । त्यस्तै यो बजेटको समस्या ने स्रोत व्यवस्थापन रहेको उहाँले उल्लेख गर्नुभयो । राजस्व, वैदेशिक अनुदान, वैदेशिक ऋण र आन्तरिक ऋण अघिल्लो वर्षको तुलनामा झनै कम हुने देखिंदा समेत त्यसैमा बजेट निर्भर हुनु अस्वभाविक भएको उहाँको भनाइ थियो । 

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया