नेपालको मानवअधिकार अवस्था सुधारोन्मुख त छ तर सन्तोषजनक भइसकेको छैन :विजयराज गौतम

फाल्गुन ९, २०७७

The Headliners | Journalist Pawan | 21 February 2021 | 09 Falgun 2077

मानवअधिकारका क्षेत्रमा कायृरत अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले नेपालको मानवअधिकारको अवस्था सुधारोन्मुख रहे पनि सन्तोषजनक नरहेको बताउनु भएको छ । इन्सेकले सार्वजनिक गरेको मानवअधिकार वर्ष पुस्तक २०२१ को हवाला हिंदै उहाँले घटना दर्तामा कमी आएपनि मानवअधिकार उल्लंघनका गम्भीर घटनाहरु अझै हुने गरेको बताउनुभयो ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा आज उहाँले राज्य र राजनीतिक दलहरुको प्रतिवद्धता अनुसारको जवाफदेहिता नभएकाले मानवअधिकार उल्लंघनको घटनामा कमी आउन नसकेको बताउनुभयो । लुम्बिनी र वाग्मती प्रदेशका महिलामाथि हुने हिंसा र यौनजन्य अपराध बढेको, कर्णाली प्रदेशमा बालविवाहको अवस्था डरलाग्दो भएको, बलात्कार र हत्याको श्रृंखला नरोकिएकोमा चिन्ता जनाउनुभयो । दलका स्थानीय प्रतिनिधि र जननिर्वाचितहरु नै मिलापत्र गराउन उद्दत देखिने हुँदा यस्ता घटनाहरु दर्तासमेत नहुने अवस्था रहेको उहाँको कथन थियो ।


प्रतिक्रिया