आजका मुख्य समाचारः २०८१ माघ १९
माघ १९, २०८१ | काठमाडौं
सामाजिक सञ्जाल सञ्चालन र नियमन सम्वन्धि विधेयकलाई लिएर विरोध र आलोचना बढ्दै, अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने चिन्ता
सरकारले समयानुकूल सहकारी मैत्री नियमनको व्यवस्था गर्न अध्यादेश ल्याएको सत्तारुढ दल कांग्रेसको दाबी, सहकारीको बचत रकम ग्यारेन्टी गर्नुपर्ने आजको आवश्यकता भएको सभापति देउवाको भनाई
भारतका प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालको पहिलो बजेट आज संसदमा प्रस्तुत, आगामी वर्ष अर्थतन्त्र ६ दशमलव ८ प्रतिशतसम्म वृद्धि हुने प्रक्षेपण
र
त्रिकोणात्मक महिला टी–२० क्रिकेट सिरिजको आफ्नो दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित, नेपलाी राष्ट्रिय पुरुष क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईको विदाई