टाइगर कप भलिबलः पुरुषतर्फको उपाधिका लागि पुलिस क्लब र गण्डकी प्रदेश खेल्ने
माघ १९, २०८१ | काठमाडौं
पोखरामा जारी पाँचौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फको उपाधिका लागि नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ ।
पोखरा रंगशालामा आज भएको दोस्रो क्वालीफयर खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी प्रदेश उपाधि नजिक पुगेको हो । पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२–२५ ले आर्मीलाई सुम्पिएको थियो ।
तर, गण्डकीले तेस्रो सेट २५–१५ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै उपाधिका लागि पुलिससँगको भेट पक्का गरेको हो । पुलिस र गण्डकी प्रदेशबीच उपाधि भिडन्त भोलि हुनेछ । यसैबीच भिागीय टोली त्रिभुवन आर्मी क्लब तेस्रो भएको छ ।