बुढासुब्बा गोल्डकपः उद्घाटन खेलमा चर्च ब्वाईजद्वारा नेपाल पुलिस क्लब पराजित

माघ १९, २०८१ | काठमाडौं

२५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चर्च ब्वाईज युनाइटेड क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

 धरान रंगशालामा भएको खेलमा चर्च ब्वाईज क्लबले पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । चर्च ब्वाईजका लागि दिपेश गुरुङले लागि ४८ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

आयोजक धरान फुटबल क्लबको रजत महोत्सवको अवसरमा सुरु गोल्डकप प्रतियोगिता माघ २६ गतेसम्म चल्नेछ । प्रतियोगितामा भारत र भुटानका दुई सहित ८ टिमले सहभागिता जनाउने छन् । 

प्रतियोगितामा आयोजक क्लबसहित चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, साविक विजेता न्यूरोड टीम एनआरटी, झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, इटहरीको राष्ट्रिय जागृती क्लब, भुटानको आरटीसी एफसी, भारतको यूकेएफसीको सहभागि हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।  


प्रतिक्रिया