आजका मुख्य समाचारः २०८१ माघ १७
माघ १७, २०८१ | काठमाडौं
विभिन्न कानून निर्माण गर्ने तयारीसहित संघीय संसदको हिउँदे अधिवेशन भोलिबाट शुरु हुँदै, महत्वपूर्ण विधेयक पारित गर्न सरकारलाई चुनौती, विपक्षी दलहरु अध्यादेशको विरोधमा उत्रीने
दर्ता नभएका भिटामिन र खनिज बिक्री वितरणमा कडाइ गर्ने स्वास्थ्य मन्त्रालयको तयारी, गलत विज्ञापन गरेर औषधि नबेच्न आग्रह
काठमाडौं उपत्यका वायु प्रदूषणको चपेटामा फस्दै, सवारी साधनको प्रदूषण जाँच प्रभावकारी हुन सकेन
अमेरिकाको वासिङटन डिसीमा भएको हवाई दुर्घटनामा ३० जना भन्दा बढीको मृत्यु, चिसोका कारण उद्दारमा कठिनाइ
र
त्रिकोणात्मक महिला टी–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल पराजित