आजका मुख्य समाचारः २०८२ बैशाख १७, साँझ ०६ः ३० बजे

वैशाख १७, २०८२ | काठमाडौं
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउमा दिनभर नाटकीय घटनाक्रम, अनधिकृत रुपमा पक्राउका लागि पत्राचार गर्ने सर्वोच्चका शाखा अधिकृत नै प्रहरी नियन्त्रणमा, नेता चौधरी झन्डै ५ घण्टापछि थुनामुक्त
समयमै न्यायाधिश नियुक्ति नहुने नियति अझै हटेन, न्यायपरिषद् बैठक अनिश्चित, छिट्टै प्रक्रिया अघि बढाउने कानूनमन्त्रीको दाबी
युवा पुस्तामा आशा र विश्वास जगाउने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सत्तारुढ दलहरुको आग्रह
विश्वका ठूला कम्पनीहरूले जलवायु क्षेत्रमा २८ ट्रिलियन अमेरिकी डलरको क्षति गरेको एक अध्ययनको निष्कर्ष
र
नेपाल पुलिस क्लब बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबलको फाइनलमा प्रवेश