आजका मुख्य समाचारः २०८२ बैशाख १९, साँझ ०६ः ३० बजे

वैशाख १९, २०८२ | काठमाडौं
संविधानको रक्षा गर्दै आर्थिक समृद्धि र पूर्वाधार विकास गर्ने लक्ष्यसहित सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, सहमतिका आधारमा संविधान संशोधन गरिने
झन्डै एक महिनाको आन्दोलनपछि ९ बूँदे सहमति लिएर शिक्षकहरु विद्यालय फर्किन थाले, शैक्षिक गुणस्तरको बिषय भने ओझेलमा, असन्तुष्ट विद्यालय कर्मचारीद्धारा फेरि आन्दोलनको घोषणा
भारतको ओडिसास्थित कालिङ्गा विश्वविद्यालयमा नेपाली छात्राको मृत्यु भएको घटनामा भारतीय विदेश मन्त्रालयद्धारा दुःख व्यक्त, विद्यार्थीको सुरक्षाका लागि गम्भीर रहेको भनाइ
इरानसँग तेल खरिद गर्ने कुनै पनि व्यक्ति वा देशलाई आर्थिक प्रतिबन्ध लगाउने डोनाल्ड ट्रम्पको चेतावनी
र
इरानी भलिबल टिम पोखरामा जारी लायन्स कप भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश