आजका मुख्य समाचारः २०८२ बैशाख १८ साँझ ०६ः ३० बजे

वैशाख १८, २०८२ | काठमाडौं
सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति विद्यालय कर्मचारीहरुको आपत्ति, तलबमान र सञ्चित विदाबारे माग पुरा नभएको भन्दै फेरि आन्दोलन गर्ने तयारी
देशका विभिन्न भागमा मेला–महोत्सव आयोजना गर्ने क्रम बढ्दो, आर्थिक–सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव परेपनि आन्तरिक उत्पादनमा पर्याप्त योगदान हुन नसकेको विज्ञहरुको टिप्पणी
एक साताभित्र दर्ता नभए सामाजिक सञ्जाल बन्द गर्ने सरकारको अभिव्यक्तिप्रति विभिन्न संस्थाको आपत्ति, सामाजिक सञ्जालको नियमनलाई पारदर्शी बनाउन आग्रह
भारत र पाकिस्तानबीचको तनाव अन्त्य गर्न अमेरिकाको आग्रह, भारतद्वारा पाकिस्तानी विमानलाई प्रतिबन्धको घोषणा
र
बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबलको उपाधिका लागि एपीएफ र नेपाल पुलिस क्लवबीच प्रतिस्पर्धा हुने