आगामी आर्थिक वर्ष निजी क्षेत्रलाई खेलकुदमा जोड्ने सरकारको घोषणा

वैशाख १९, २०८२ | काठमाडौं

सरकारले आगामी आर्थिक वर्षमा निजी क्षेत्रलाई पनि खेलकुदमा जोड्ने नीति र कार्यक्रम समावेश गरेको छ ।

सरकारको वार्षिक नीति तथा कार्यक्रममा संघ, प्रदेश तथा स्थानीय तह र खेल संघको सहकार्यमा स्पोट्र्स स्कूल कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । त्यस्तै विद्यालय तहदेखि खेलकुद तालिम, प्रशिक्षण र खेलाडीको सहभागिता कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

रंगशाला लगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था मिलाइने भएको छ । खेलकुदलाई निजी क्षेत्रका सामाजिक उत्तरदायित्व कार्यक्रमसँग पनि जोडिने छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई आधुनिक स्तरको क्रिकेट मैदानमा रुपान्तरण गरिने भएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी र उनीहरूका सन्ततिलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था पनि मिलाइने भएको छ ।   


प्रतिक्रिया