आजका मुख्य समाचार २०८२ जेठ ०५, साँझ ०६ः ३० बजे

जेष्ठ ५, २०८२ | काठमाडौं
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित ५ जना र एक कम्पनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
बालुवाटारस्थित प्रधानमन्त्री निवास पार्टीको कामका लागि समेत प्रयोग गर्ने प्रवृत्ति हट्न सकेन, राज्य स्रोतको दुरुपयोग भएको भन्दै आलोचना
प्रतिनिधिसभाबाट जलस्रोत विधेयक पारित, तीन तहको समन्वयमा जलस्रोतसम्बन्धी आयोजनाको विकास गर्ने लगायत कार्यका लागि कानुनी व्यवस्था
बेलायत इयुसँग सम्बन्ध विस्तार गर्ने रणनीतिमा, दुई पक्षबीच व्यापार र रक्षा सम्बन्धी सहमति
र
नेपाल महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरमा प्रवेश, महत्वपूर्ण खेलमा युएई पराजित