Stories By ' '
लमजुङ र आसपासका जिल्लामा मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको छ । लमजुङमा मानिसहरु डराएर घरबाहिर निस्किएका थिए । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लमजुङको दोर्दी गाउँपालिका ४, नौथर शेरा नजिकै केन्द्रबिन्दु भएर मंगलबार बिहान पराकम्प गएको छ ।
पूरा पढ्नुहोस्
लमजुङको मर्स्याङदी गाउँपालिका ३, टुनीखर्कका एक वृद्ध दम्पत्ति लुटिएका छन् । हतियारधारी समूहले आइतबार घरभित्र पसेर वृद्धवृद्धालाई अन्दाधुन्दा धारिलो हतियार प्रयोग गरेर लुटपाट गरेको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्
करीब १ हजार २ सय वर्ष पुरानो मानिएको लमजुङको क्व्होलासोंथर गाउँपालिका ४, भुजुङका बासिन्दा पर्यटन प्रवर्द्धन गर्न जुटेका छन् । संघीय संरचनाअघि एक गाउँ, एक गाविसले चिनिएको भुजुङका बासिन्दा गाउँमा पर्यटन प्रवर्द्धन गर्न एकमत भएका हुन् ।
पूरा पढ्नुहोस्
लमजुङको बेंसीसहर नगरपालिका ६ पुमा गाउँमा पर्यटकीय पदमार्ग निर्माण गरिएको छ । सडकबाट गाउँसम्म पुग्ने बाटोमा सिँढी लगाइएको छ । बेंसीसहर बजारबाटै देखिने पुमा गाउँमा निर्माण गरिएको पर्यटकीय पदमार्गले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा स्थानीयले गरेका छन् ।
पूरा पढ्नुहोस्
लमजुङको दोर्दीखोलामा हिजो आएको बाढीले बगाएर बेपत्ता भएका ६ जनाको खोजीकार्य जारी छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जलविद्युत आयोजना, जनप्रतिनिधि र स्थानीयले बिहानैबाट खोजी जारी राखेको दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।
पूरा पढ्नुहोस्
सरकारले अनिवार्य अवकास पाएका लमजुङका शिक्षकलाई उपदान दिन सुरु गरेको छ । लमजुङका शिक्षकले बढीमा ११ लाख रुपैयाँसम्म पाएका छन् । शिक्षा विकास तथा समन्वय इकाईले अवकास प्राप्त शिक्षकलाई उपदान दिन थालेको जनाएको छ । इकाई प्रमुख नारायण रेग्मीका अनुसार बुधबार १५ जना र हिजो १५ जनालाई २ करोड रुपैयाँ बढीको चेक हस्तान्तरण गरिएको छ ।
पूरा पढ्नुहोस्