नेप्से घट्यो, कारोबार रकम बढ्यो

श्रावण ३०, २०७६ | काठमाडौं

कारोबार हुने साताको अन्तिम दिन आज धितोपत्र बजारमा सामान्य अंकले गिरावट आएको छ । बजार परिसूचक नेप्से आज १ दशमलव ८६ अंकले घटेर १ हजार २ सय २४ दशमलव ३ अंकमा पुगेको छ । नेप्से ओरालो लागेपनि कारोबार रकममा भने हिजोको तुलनामा १७ करोड रुपैयाँले वृद्धि भएको छ ।

नेप्सेमा हिजो २५ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । कारोबार भएका कम्पनी मध्ये बैंक, जलविद्युत, वित्त, म्यूचल फण्ड र नेपाल टेलिकम समूहको उपसूचकमा गिरावट आउँदा समग्र बजार प्रभावित बन्यो । सबै भन्दा बढी उत्पादनमूलक कम्पनी समूहको उपसूचक २३ दशमलव ८३ अंकले बढेको छ ।

जीवन बीमाको १९ दशमलव ४३, निर्जीवन बीमा कम्पनीको १७ दशमलव ३२ र होटल समूहको उपसूचक १३ दशमलव ९ अंकले बढेको छ । नेप्से परिसूचक घटेपनि ४२ करोड ४३ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा आज कुल १ सय ५९ कम्पनीका ५ हजार ९ सय ११ कारोबारबाट १६ लाख १० हजार ५ सय ४० कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 


प्रतिक्रिया