नेप्से १६ अंकले घट्यो

भाद्र ३०, २०७६ | काठमाडौं

धितोपत्र बजारमा आज १६ अंकले गिरावट आएको छ । कारोबार हुने साताको दोस्रो दिन बजार परिसूचक नेप्से १६ दशमलव १८ अंकले घटेर १ हजार १ सय २३ दशमलव ८३ अंकमा पुगेको छ । नेप्सेमा गिरावट आएपनि कारोबार रकमा भने हिजोको तुलनामा ६ करोड रुपैयाँले वृद्धि भएको छ ।

नेप्सेमा कारोबार भएका व्यापार बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचकमा गिरावट आउँदा समग्र बजार नै प्रभावित बन्यो । सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको उपसूचक १ सय ३१ दशमलव ६२ अंकले घटेको छ । निर्जीवन बीमा कम्पनी समूहको उपसूचक ७७ दशमलव ४४, होटल समूहको १८ दशमलव १६ र नेपाल टेलिकमको १६ दशमलव ६६ अंकले घटेको छ । 

नेप्सेमा आज कुल १ सय ६९ कम्पनीका ७ हजार ५ सय ४७ कारोबारबाट १२ लाख ४८ हजार ४ सय ९ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, ३४ करोड ३९ लाख १८ हजार २ सय २१ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 


प्रतिक्रिया