नेप्से झण्डै २७ अंकले बढ्यो

भाद्र ३१, २०७६ | काठमाडौं

धितोपत्र बजार आज दोहोरो अंकले उकालो लागेको छ । दुई दिन लगातार ओरालो लागेको बजार परिसूचक नेप्से आज २६ दशमलव ९१ अंकले उकालो लागेर १ हजार १ सय ५० दशमलव ७४ बिन्दुमा पुगेको छ । नेप्से उकालो लागेसँगै कारोबार रकममा पनि हिजोको तुलनामा ४ करोड रुपैयाँ बढेको छ ।

कारोबार भएका म्यूचल फण्ड बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक उकालो लागेकाले नेप्सेमा सुधार देखिएको हो । सबैभन्दा बढी उत्पादनमूलक कम्पनी समूहको उपसूचक १ सय ७ दशमलव १ अंकले बढेको छ । जीवन बीमाको १ सय २ दशमलव ९३, निर्जीवन बीमा समूहको ८८ दशमलव ५७ र होटल समूहको ५७ दशमलव ७९ अंकले बढेको छ । 

नेप्सेमा आज कुल १ सय ७१ कम्पनीका ७ हजार १ सय २९ कम्पनीका १३ लाख ७७ हजार ९ सय ४६ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, ३८ करोड ३९ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 


प्रतिक्रिया